२०७९ साउन २० गते शुक्रवार
२०७९ साउन २० गते शुक्रवार

भिरबाट लडेर १७ वर्षीया एक किशोरीको ज्यान गयो

भिरबाट लडेर रुकुम पश्चिममा १७ वर्षीया एक किशोरीको ज्यान गएको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर १ रुँघाकी अस्मिता चन्दको घर नजिकैको भिरबाट लडेर ज्यान गएको हो ।

अस्मिता आइतवार रुँघा तलिगाउँको दिव्यचक्षु स्कुल नजिकैको भिरबाट लडेकी हुन् । त्रिभुवन जनता माध्यमिक विद्यालय मुसिकोट खलङ्गामा कक्षा ११ मा अध्ययनरत अस्मिता घरमा जम्मा भएको फोहर फाल्न गएको बेला चिप्लिएर लडेकी उनको परिवारले जनाएको छ ।