२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

(रासस) को अध्यक्षमा धमेन्द्र झा नियुक्त

नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्षमा धमेन्द्र झा नियुक्त भएका छन् । उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले राससको रिक्त अध्यक्ष पदमा धनुषाका धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए । झा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् ।