२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

योग दिवसको अवसरमा शान्तिनगरको खैरेनी कार्यक्रम सम्पन्न

आठौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा शान्तिनगर ७ खैरेनीमा कार्यक्रम सम्पन्न भएको छ । शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दंगिशशरण गाउँपालिका योग समितिको आयोजना तथा पतन्जली योग जिल्ला समिती दाङको संजयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
स्वास्थ्य र शान्तिका लागि योग, कपाल भाती जिवन साथी, योग दिवस सफल पारौ भन्ने प्लेकार्ड सहित शान्तिनगर ७ खैरेनी बाट सूरु भएको ¥यालि रगैजा बजारको परिक्रमा गरि पुन खैरेनी पतन्जली योग समितिको हलमा पुगि सभामा परिणत भएको थियो । पतन्जली योग समिति दाङका जिल्ला सदस्य डम्बर बहादुर केसीको सभापतित्व, शान्तिनगर गाउँपलिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता तथा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरि र बबइ गाउपालिका अध्यक्ष कुल बहादुर खत्रीको विशिष्ट आथित्यतामा कार्यक्रम भएकको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले योगले मानव स्वास्थमा थुप्रै फाइदाहरु पुर्याइरहेको र थुप्रै रोगहरु योगहरुको माध्यमबाट नै निराकरण हुने बताएका थिए । स्वस्थ जिवनका लागि दैनिक योग गर्न आवश्यक रहेको बताएका थिए ।