२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बबईमा सामाजिक सुरक्षा तथा पञ्जीकरण सम्वन्धी तालिम सुरु

बबई गाउँपालिकामा सामाजिक सुरक्षा तथा पञ्जीकरण सम्वन्धी ५ दिने तालिम सुरु भएको छ । गाउँपालिका पञ्जीकरण शाखाको आयोजनामा वडाका कर्मचारी तथा जनप्रतिनिधिहरुका लागी तालिम तथा अभिमुखीकरण आज एक कार्यक्रम विच सुरु भएको हो ।

गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीको अध्यक्षता तथा प्रमुख प्रशासकिय अधिकृत भीष्मकुमार मल्ल एवम ७ वटै वडाका वडा अध्यक्ष, वडा सचिव तथा सहायक कर्मचारीहरुको उपस्थितीमा कार्यक्रमको उद्घाटन भएको हो । कार्यक्रममा तालिमको विषयमा शाखा प्रमुख वालकृष्ण पाण्डेले प्रकास पार्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सहायक कर्मचारी अर्जुन परियारले गर्नु भएको थियो ।