२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

‘बिपद आउनुभन्दा पहिला नै स्थानियलाई सचेत गराउनुपर्छ’

विपद आउनुभन्दा अगाडि विपद बारे सचेतना दिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । आज बबई गाउँपालिकामा भएको पुर्वानुमानमा आधारित पुर्वकार्य एवम् विपद उत्तरदायी तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रममा सहभागीले विपदका हुने जोखिम र यसबारे बच्ने उपायका बारेमा सर्वसाधारणलाई सचेतना दिनुपर्ने कुरामा जोड दिएका थिए ।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित समुदाय उत्थानशिलता अभिवृद्धि कार्यक्रम (इनकोर) परियोजनाको आयोजनामा हापुरेमा आयोजित पुर्वानुमानमा आधारित पुर्वकार्य एवम् विपद उत्तरदायी तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा विपद पश्चात राहात उपलब्ध गराउनुभन्दा विपद पुर्ब नै विपदबारे स्थानियलाई सजग बनाउनुपर्नेमा जोड दिएका थिए ।
बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल, विपद व्यवस्थापन समितिका कार्यसमितिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी नेपालगन्जका कार्यक्रम अधिकृत बिनोद लामिछाने र इनकोर परियोजनाका दाङ जिल्ला संयोजक जगत तामाङले प्रशिक्षण दिनुभएको थियो भने कार्यक्रमको सहजिकरण देबि प्याकुरेलले गर्नुभएको थियो। कार्यक्रम बारे इनकोर परियोजनाकि केन्द्रीय संयोजक बिनिता ढुङ्गेलले प्रकाश पार्नुभएको थियो ।