२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

३ दिने बंगुरको खोर सुधार सम्बन्धी तालिम सम्पन्न

दाङको शान्तिनगर गाउपालिका वडा नं ५ मा बंगुरको खोर सुधार सम्बन्धी ३ दिने तालिम सकिएको छ । वडा नं ५ को आयोजनामा बंगुरको खोर सुधार सम्बन्धी ३ दिने तालिम संचालन भएको थियो । वडा सदस्य गंगाराम डाँगीको अध्यक्षता तथा वडा अध्यक्ष अध्यक्ष ओपेन्द्र वहादुर रावतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । वडा अध्यक्ष रावतले तालिममा सिकेका कुरा व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । बंगुर पालन गरेर मात्र नहुने भएकाले बंगुर पालनलाई व्यवस्थित र आयमुलक बनाउन खोरमा सुधार ल्याउन पनि आवश्यक रहेको बताउनुभयो । ३ दिन सम्म संचालन भएको तालिममा तालिममा वडा भित्रका ३४ बंगुर पालक कृषहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा गाउँपालिका पशु शाखाका चित्र वहादुर खत्री र राजेश के. सी रहनु भएको थियो ।