२०७९ असार १७ गते शुक्रवार
२०७९ असार १७ गते शुक्रवार

IEMIS सम्बन्धि २ दिने कार्यशाला लमहीमा सम्पन्न

विद्यालय तहको शैक्षिक सुचना व्यवस्थापन प्रणाली ( IEMIS) सम्वन्धि २ दिने कार्यशाला आज लमहीमा सम्पन्न भएको छ ।लमही नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित उक्त कार्यक्रममा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू को सहभागिता रहेको थियो । विद्यालयका सम्पुर्ण डाटाहरुलाई प्रभावकारी ढंगले अद्यावधिक गरि छिटो र छरितो सम्बन्धित निकायमा सुचना प्रवाह गर्न सहयोग पुर्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । २ दिन सम्म चलेको कार्यक्रमले कार्य क्षमतामा थप उर्जा मिलेको सहभागीहरुले बताएका थिए । कार्यशालाको प्रशिक्षकको रूपमा समवेदन कोईराला रहनुभएको थियो । लमही नगरपालिका शिक्षा शाखा प्रमुख रविन्द्र क्षेत्रीको अध्यक्षता र शिक्षा विकास तथा समन्वय ईकाई दाङका देवमणि चौधरीको आतिथ्यता सम्पन्न कार्यक्रमको सहजीकरण विद्यालय निरीक्षक भवानी गिरीले गर्नु भएको थियो ।