२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

दंगिशरणमा २ दिने तालिम महिला शसक्तिकरण तालिम सम्पन्न


दंगिशरण गाउँपालिकामा महिला शसक्तिकरण सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । दंगिशरण गाउँपालिकाको आयोजनामा भएको तालिमका आज समापन गरिएको हो । गाउँँपालिका उपाध्यक्ष तथा न्यायिक समिती संयोजक पिमा कुमारी खड्का वलीको सभापत्तिमा तालिमको समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष पिमा खड्काले महिलाहरु चुलो चौकोमा मात्र सिमित नभएर हरेक कुरामा महिलाहरुको पहुच वृद्धि गर्ने खालका कार्यक्रम गरिने बताउनुभयो । आफ्नो अघिल्लो कार्यकालमा पनि लैङ्गकि महिला हिंसा र बालबिबाह न्यूनीकरणका सवालमा कार्यबिधि बनाएर अगाडि बढेको बताउनुभयो । अबको निति तथा कार्यक्रममा पनि महिला तथा बालबालिकाको क्षेत्रमा बजेट बिनियोजन प्राथमिकताका साथ राखिएको बताउनुभयो । महिलाहरु आफु महिला हो भन्दै आत्मबल नघटायर आफ्नो हक हित र अधिकार प्रति उच्च मनोबलका साथ अगाडि बढ्न सुझाब समेत दिनुभयो ।
तालिममा सहभागि प्रतिक्षार्थीहरुको तर्फबाट सहभागी महिलाहरुले आफुहरुलार्इ २ दिनको तालिमले धेरै आत्मबल बढाएको र कुनै पनि कार्यक्रममा निर्धक्कका साथ केहिकुरा बोल्न सक्ने र महिला शसक्तिकरणको बारेमा धेरै कुरामा ज्ञान हासिल गरेको बताएका थिए। दंगिशरण गाउपालिका वडा न ३ र ४ भित्रका कारिब ७० जना माहिलाहरुलाइ एउटै थलोमा राखेर महिला हिंसा ,महिला शसक्तिकरण लगायतका बिषयमा तालिम दिइएको थियो । २ दिने तालिमको प्रशिक्षकमा ओरेक नेपाल दाङकी जिल्ला संयोजक इश्वरी थापा र दंगिशरण गाउँपालिकाका राजस्व प्रमुख किरण पोख्रेल रहनु भएको थियो । तालिमको सहजिकरण महिला बालबालिका शाखा दंगिशरणकी सहायक बिकास चन्द्रा वलीले गर्नुभएको थियो ।