२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बबई गाउँपालिकाकोे नीति तथा कार्यक्रम सार्वजनिक : कृर्षीलाई प्राथमिकता

दाङको बबई गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० लागि नीति तथा कार्यक्रम सार्बजनिक भएको छ । गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले ७२ बुुदे नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
गाउँपालिकाले ‘हाम्रो उत्पादन हाम्रो बजार समृद्धिको आधार, सन्तुलित कर अनुशासित जनता आत्मनिर्भर स्थानीय सरकार’ भन्ने नारालाई ध्यानमा राखेर नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखिएको छ ।

नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा कृषिको बृद्धिका लागि गाउँपालिकाले कृषिको दिगो बिकासका लागि कृषिमा आधारित कृषि अनुदान कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । यस्तै सित भण्डार निर्माण तथा प्रोत्साहनका कार्यक्रमका लागि बजेटको ब्यबस्था गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै उद्योगलाई प्रबद्र्धन गर्नलाई एक वडा एक उद्योग कार्यक्रम गर्नका लागि आबश्यक कार्ययोजना निर्माण, कार्यक्रम तथा योजना बनाउने उल्लेख गरिएको छ । गाउँपालिकाको पञ्चकुले, हापुरे र हंसपुर क्षेत्रको बिकासका लागि अध्ययन गर्ने पनि उल्लेख गरिएको छ ।

बबई क्षेत्रको पर्यटन बिकासका लागि पर्यटकीय क्षेत्रको बिकास गर्ने र गाउँपालिकाभित्र रहेका सहकारीसंग समन्वय गरेर सहकारीसंग रोजगारी कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा सञ्चालन गरिने उल्लेख गरिएको छ । त्यसैगरी हामी सबैको ईच्छा, निःशुल्क र गुणस्तरिय शिक्षा भन्ने नारासहित सबै बालबालिकालाई आधाभुत तहसम्म अनिबार्य शिक्षा र माबि तहसम्मका लागि निःशुल्क शिक्षा प्रदान गर्ने उल्लेख गरिएको छ ।

यसैगरी स्वास्थ्यको सुधारका लागि स्वस्थ आमा, स्वस्थ्य बच्चा नारासहित नबजात शिशु तथा मातृ मृत्युलाई कम गर्नलाई प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । जेष्ठ नागरिक, युवा तथा खेलकुद, बन बाताबरण बिषयलाई समेत समेटिएको छ ।