२०७९ असार १८ गते शनिवार
२०७९ असार १८ गते शनिवार

तुलसीपुर कारागारमा अविवाहित महिलाले बच्चा जन्माइन्

सांकेतिक तस्वीर

दाङको तुलसीपुर कारागारमा जेल भुक्तान गरिरहेकी एकजना अविवाहित महिलाले बच्चा जन्माएकी छिन् । बैंकिङ कसुरमा जेल सजाय काटिरहेकी कुसुम थापाले असार ६ मा अस्पतालमा बच्चा जन्माएकी हुन् ।
बैंकिङ कसुर मुद्दामा ३० लाख धरौटी तिर्न नसकेपछि बाँकेको जानकी गाउँपालिका–४ खजुरा घर भएकी थापालाई अदालतले थुनामा राख्न आदेश गरेको थियो । राप्ती प्रादेशीक अस्पतालमा उनले छोरा जन्माएकी हुन् ।
उनले आफू अविवाहित रहेको बताएकी छिन् । ग्रामिण विकास लघुवित्त संस्था लमहीमा फिल्ड सहायक हुँदा रकम हिनामिना गरेको भन्दै सो संस्थाले बैंकिङ कसुरमा मुद्दा दायर गरेको थियो ।