दंगिशरण गाउपालिकाको पारिवारिक विवरण संकलन लागि स्वयंसेवी गणक आज देखि परिचालन हुदै छ । घरपरिवार सर्बेक्षण, संस्थागत सर्बेक्षण तथा सहभागीतामुलक लेखाजोखा सर्बेक्षणको माध्यम बाट तथ्यांक तथा सुचना संकलन गरिनेछ । स्वंयमसेवि गणकहरुले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको मोबाइल एप्लिकेसन प्रयोग गरि घरघरमा पुगि तथ्यांक संकलन गर्दैछ्न । साथै सुचना तथा प्रबिधिमा आधारित एकीकृत बस्तुस्थिति बिबरण प्रणाली मन्त्रालयले उपलब्ध गराएको दंगिशरण गाउपालिकाका सुचना प्रबिधि अधिकृत युबराज रिजालले जानकारि दिनुभयो ।सहि र सत्यतथ्य तथ्यांक वा सुचना आएमा बास्तबिक बस्तुस्थिति झल्कने पार्स्वचित्र निर्माणमा सहयोग पुग्ने भएकाले यस कार्यमा सहयोग गरिदिन गाउँपालिकाले गाउँ रनगरमा कार्यरत विकास साझेदार ,गैसस, नागरिक सामाज ,जनप्रतिनिधि र सहयोगि संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसबैमा अनुरोध समेत गरेको छ ।