२०७९ साउन २० गते शुक्रवार
२०७९ साउन २० गते शुक्रवार

हापुरे बजार व्यवस्थितको माग गर्दै चेम्बर अफ कमर्सद्धारा ज्ञापनपत्र

पश्चिमदाङको हापुरे बजारलाई व्यवस्थित र विकसित बजारको माग गर्दै बबई चेम्बर अफ कमर्सले बबई गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । बबई चेम्बर अफ कसर्मले व्यावसायिक तथा वातावरणिय दिगो व्यवस्थापन सहित यवस्थित र विकसित हापुरे बजार बनाउन विभिन्न ८ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

बबई चेम्बर अफ कसर्मका अध्यक्ष युवराज कडेल र महासचिव भिमकान्त भुषालले बबई गाउँपालिका अध्यक्ष कुल वहादुर खत्रीलाई विभिन्न ८ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा करदाता, शिक्षा तथा सिपमुलक तालिम संचालन, हापुरेमा सार्वजनिक सौचालय निर्माण, हाट बजार संचालन, बजार क्षेत्रमा बत्ती तथा सीसीटिभि जडानको माग गरिएको छ ।

यसैगरी गैरकानुनी तथा अनाधिकृत व्यापार नियमन, बजार सरसफाई डम्पिङ साइड निर्माण, बजार भित्र बाटोको विधुत पोल व्यवस्थापन, बस विसौनी तथा अटो व्यवस्थापनको माग राखिएको छ । यसका लागि ‘हाम्रो बबई, राम्रो बबई’ भन्ने मुल नाराका साथ गाउँ परिषदमा बजेट विनियोजन गर्न आग्रह गरिएको थियो । ज्ञापन पत्र बुझ्दै अध्यक्ष खत्रीले व्यावसायिक तथा वातावरणिय दिगो व्यवस्थापनका लागि सक्दो काम गर्ने बताउनुभयो ।