२०७९ साउन २० गते शुक्रवार
२०७९ साउन २० गते शुक्रवार

माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु

फाइल तस्वीर ।

रुकुम (पश्चिम) मा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।आठबिसकोट नगरपालिका–३ खदी ढाड भन्ने स्थानमा माटोको ढिस्कोमा पुरिएर सोही ठाउँ बस्ने २४ वर्षीय बिष्णु कामीको मृत्यु भएको हो ।

बिहीबार ढुङ्गा खानीमा गिट्टीको लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट ढुङ्गा र माटोको ढिस्को भत्किन गई उनी पुरिएका थिए । उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यालाखतिबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।