२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

सामुदायिक रेडियोकर्मीहरुका लागि ३ दिने क्षमता बिकास तालिम तुलसीपुरमा सुुरु


सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य तथा हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले पछिल्लो समय सामुदायिक रेडियोहरुमा काम गर्ने पत्रकारहरुको संख्या न्यून हुन थालेको बताउनुभएको छ। रेडियो हाम्रो पहुँचको आयोजना तथा सामुदायिक रेडियो प्रसारक संघ (अकोर्‍याव) को प्राविधिक सहयोगमा तुलसीपुरमा सुरु भएको सामुदायिक रेडियोकर्मीहरुका लागि ३ दिने क्षमता बिकास तालिमको उद्घाटन सत्रमा बोल्दै भण्डारीले संचार क्षेत्रमा दिर्घकालिन भबिष्य छैन भन्ने मानसिकताले पनि यस्तो भएको हुन सक्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका भण्डारीले भाषा र सुद्धतामा ध्यान दिदै समाचार र कार्यक्रमलाई समुदाय केन्द्रित बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रमका बिशिस्ट अतिथि सामुदायिक रेडियो प्रसारक संघ (अकोर्‍यावं) का केन्द्रिय सदस्य संगित बस्यालले अरुको सिको गर्दै अनुमानका भरमा समाचार प्रकाशन प्रशारण गर्नाले संचार क्षेत्रको बिस्वस्नियता कम हुदै गएको बताउनुभयो । बस्यालले पत्रकार आफै दक्ष भएमात्र अनुसन्धानका बिषयमा कलम चलाउन र आवाज बुलन्द गर्न सकिने बताउनुभयो ।

हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्थाका शिक्षा तालिम उपसमिति संयोजक जिवराज अधिकारीको अध्यक्षता, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको प्रमुख आतिथ्यता एवम् अकोर्‍यावका केन्द्रिय सदस्य संगित बस्यालको बिशिस्ट आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।३ दिन सम्म चल्ने तालिमको प्रशिक्षकमा सामुदायिक रेडियो संघ (अकोर्‍याब) का म्यानेजर दिपक आचार्य रहनु भएको छ ।

हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पत्रकार महासंघ दाङका सहसचिब दिप्तीशिखा चौधरी, रेडियो प्रकृतिका स्टेसन म्यानेजर ओपेन्द्र बस्नेत, हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्थाका लेखा समितिका संयोजक सुर्य शर्मा लगायतकाले बोल्नुभएको थियो भने कार्यक्रमको सहजिकरण रेडियो हाम्रो पहुँचका स्टेसन म्यानेजर बसन्त पौडेलले गर्नु भएको थियो ।