२०७९ साउन १९ गते बिहिवार
२०७९ साउन १९ गते बिहिवार

शान्तिनगर गाउँपालिका : ५० करोड ९७ लाख ४८ हजार बजेट

शान्तिनगर गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० का लागि कुल ५० करोड ९७ लाख ४८ हजार बजेट ल्याएको छ । चालू तर्फ ३१ करोड ६६ लाख ४८ हजार र पुजिगत तर्फ १९ करोड ३१ लाख बजेट ल्याएको छ ।

१२ औ गाउँसभामा उपाध्यक्ष प्रेमा केसीले उक्त बजेट प्रस्तुत गर्नु भएको हो । शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको अध्यक्षतामा सभा बसेको थियो । शुक्रवारको सभाले शान्तिनगरमा रहेका सबै कार्यालयमा विद्युतिय हाजिरी लागू गरिने बताइएको छ । सभाले न्यायिक समिति गठन गर्न भने सकेन । अर्को सभा आगामी २४ गते बस्ने जनाइएको छ ।