२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

पोखरामा सडक भासियो, घर जोखिममा

पोखराको फिर्केखोला नजिकै सडक भासिएको छ । सडक भासिँदा एक घर जोखिममा परेको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ को बूढानीलकण्ठ किरियाकर्म अगाडिको सडक भासिएको हो ।

प्रहरीका अनुसार झन्डै १० मिटर सडक भासिएको छ । पोखरा महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङसहितको टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेको छ ।