२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बबई ७ मा वडा स्तरीय बाल क्लव गठन

दाङको बबई गाउँपालिका वडा नंं ७ मा वडा स्तरीय बाल क्लव गठन गरिएको छ । DWO दाङको आयोजना तथा बबई गाउपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखाको आर्थिक सहयोगमा कृष्ण वि.क.को अध्यक्षतामा २५ सदस्यीय वडा स्तरीय बाल क्लव गठन गरिएको हो ।

जसको उपाध्यक्षमा सबिना राम्जा, सचिबमा टेकराज वि.क., कोषाध्क्ष जनक बुढाथोकी, सह सचिब अनिता के.सी. रहेकी छन् । संस्थाका सह–सचिब सन्तोष चनाराको अध्यक्षता तथा सरस्वती मा.वि. चरकमटियाका प्रधानाध्यापक नवीन लामिछानेको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।