२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

बर्षाले बबई ७ का विभिन्न स्थानमा क्षती

गएरातिको बर्षाले पश्चिश्म दाङको बबई ७ का विभिन्न स्थानमा क्षती पु¥याएको छ । सिमलकुनामा तटबन्ध बगाएको छ । खेत जोगाउन रुइखोलामा लगाइएको तटबन्ध बगाएको वडा अध्यक्ष तिलकराम भण्डारीले जानकारी दिनुभएको छ । यसैगरी ढोलपुर खोलामा भर्खरै राखेको ह्युमपाइप पनि बगाएको छ । यस्तै बर्षाले ठाकुर परियारको घरमा क्षति पुगेको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । यसैगरी बबई नदिको पक्कि पुलको दक्षिण भागमा जालिसहित सडकको धेरै भाग बगाएको छ । समस्याको समाधानका लागि सम्बन्धित निकायले बेलैमा ध्यानदिन वडा अध्यक्ष भण्डारीले आग्रह गर्नु भएको छ ।