२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

बबईमा महिला हिंसा न्यूनीकरणका लागि सरोकारवालाहरुको भुमिका तालिम सम्पन्न

पश्चिमदाङको बबई गाउँपालिकामा महिला हिंसा न्यूनीकरणका लागि सरोकारवालाहरुको भुमिका विषयक ३ दिने तालिमको आज समापन गरिएको छ ।
दलित सेवासंघ दाङका सहसचिव सन्तोस चनाराको अध्यक्षता तथा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर केसीको प्रमुख आतिथ्यता तथा बबई गाउँपालिकाका उपाध्यक्ष बम कुमारी खड्का र बबई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीष्म कुमार मल्लको बिशिस्ट आथित्यतामा तलिमको समापन गरिएको हो । त्यस अबसरमा बोल्दै बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसीले सस्कारजन्य महिला हिंसाहरु पनि रहेको बताउदै हिंसा भएपछी भन्दा पनि हिंसा हुनै नदिने वातावरण सिर्जना गर्नु पर्ने बताउनु भयो । साथै हिंसालाई लुकाउदा पीडितले झन प्रसय पाउने भन्दै हिंसा भएमा नलुकाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै बबई गाउँपालिकाका उपाध्यक्ष बम कुमारी खड्काले कार्यक्रम मात्र समापन गर्न होइन बबईबाट महिला हिंसा समापन गर्न तर्फ लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै मानिसको चेतनामा परिवर्तन गर्न समय लाग्ने बताउदै जनप्रतिनिधिले वडा स्थरबाट महिला हिंसा घटना न्यूनीकरण गर्न पहल गर्न सुझाव दिनु भयो।

समापन कार्यक्रममा कार्यपालिका सदस्य नोखी डागी, वडा न ४ का सदस्री लक्ष्मि बि क, ईलाका प्रहरी खिलतपुरका महिला सेलका इशु बिस्ट लगायतले बोल्नु भएको थियो । तालिममा लिङ लैङ्गकिता, हिंसा महिला हिंसा , महिला हिंसा न्यूनीकरणमा गर्न सकिने कुराहरुको बारेमा प्रशिक्षण गरिएको थियो । तीन दिन सम्म संचालन भरको तालीममा २० जना महिला जनप्रतिनिधिको सहभागीता रहेको थियो । तालिमको प्रशिक्षकमा देबि प्याकुरेल र निर्मल नेपाली रहनु भएको थियो । कार्यक्रमको सहजीकरण दलित सेवा सघका छवि परियारले गर्नु भएको थियो ।