२०७९ साउन १९ गते बिहिवार
२०७९ साउन १९ गते बिहिवार

देउखुरीमा खोलामा डुबेर एक बालिकाको मृत्यु

दाङकाे देउखुरीमा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका-८ निवासी रिना रावतकी ४ वर्षीया छोरी रेश्मा रावतको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

रावतको शुक्रबार दिउँसो साढे १२ बजे गढवा गाउँपालिका १ राङसिङ खोलामा पुल निर्माण हुदै गरेको खाल्डोमा डुबेको अवस्थामा फेला पारेको प्रवक्ता रिजालले बताए । रेश्माको श्रीमान सोहि गाउँपालिका स्थित अग्नी सिमेन्ट कम्पनीमा काम गर्दै आएको र श्रीमान भेट्न गएको समयमा आमासंगै कपडा धुन र नुहाउन गएकी बालिकाको डुबेर मृत्यु भएको हो । मृतक बालिकाको पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएकाे छ ।