२०७९ साउन २५ गते बुधवार
२०७९ साउन २५ गते बुधवार

रवि लामिछानेको पार्टी दर्ता, चुनाव चिह्न गोलाकारभित्रको घण्टी

पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आज शुक्रवार निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको छोटकरी नाम रास्वपा रहेको छ । यस्तै पार्टीले चुनाव चिह्न गोलाकारभित्रको घण्टी पाएको छ ।

निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएपछि लामिछानेले दल दर्ता भएको र पार्टीको सङ्गठन विस्तारमा केन्द्रित हुने बताउनुभयो । नेपालको संविधानसहित प्रचलित कानुनअनुसार आफूहरूको पार्टीलाई आयोगले मान्यता दिएको उहाँले बताउनुभयो ।