२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा टोकन प्रणाली सुरु

दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा टोकन प्रणाली सुरु भएको छ । शुक्रबार उक्त टोकन प्रणालीको लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्यान मन्त्री इन्द्रजित थारुले उद्घाटन गर्नुभएको हो । टोकन प्रणालीले घण्टौ लाइनमा बस्नु विरामी समस्या हट्ने आशा गरिएको छ । टोकन प्रणालीले अब विरामी घण्टौ लाइन बस्ने समस्या अन्त्य हुने मन्त्री चौधरीले बताउनुभयो । “पहिलो घण्टौ लाईनमा लाग्नु पर्ने अबस्था हुन्थ्यो, यसले विरामी र विरामीका कुरुवालाई निकै अप्ठेरो बनाएको थियो”,उहाँले भन्नुभयो“अब भने यो समस्या हटेर सहज हुनेछ ।”

लुम्बिनी प्रदेश सरकारको साढे पाँच लाख लागतमा उक्त टोकन मेसिन खरिद गरि उक्त सेवा सुरु गरिएको हो । एउटा मेसिन खरिद गरिएको छ । त्यही मेसिनबाट टोकन लैजानु पर्ने छ । त्यसमध्ये दुई स्थानबाट बिलिङको काम हुने र दुई स्थानबाट पुर्जा लिने गरि ब्यबस्था मिलाईएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले बताउनुभयो ।