२०७९ साउन २१ गते शनिवार
२०७९ साउन २१ गते शनिवार

बबईका सातवटै वडामा बाल क्लव गठन

पश्चिमदाङको बबई गाउँपालिकाका सातवटै वडामा बाल क्लव गठन तथा पुनर्गठन गरिएको छ । दलित सेवा संघ दाङको आयोजना र बबई गाउँपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखा हापुरेको आर्थिक सहयोगमा सात वटै वडाहरुमा बाल क्लव गठन तथा पुनर्गठन गरिएको हो । आज एक कार्यक्रमका विच समापन गरिएको छ । संस्थाका सह सचिव सन्तोष चनाराको अध्यक्षता तथा महिला बालबालिका शाखा प्रमुख इश्वरा रावतको प्रमुख आथित्यतामा उमावि पदमपुरमा सम्पन्न गरिएको हो । सो कार्यक्रम असार ८ गते वडा नम्बर १ गङगटे बाट सुरु भएको र सात वटै मा गठन गरिएको हो । सो कार्यक्रममा संस्थाका सदस्य जानकी बिक, जिबनी बिस्वकर्मा, शिक्षक दुर्गाप्रसाद ओली, राजेन्द्र पोख्रेल,यमप्रसाद पौडेल लगायतले आ– आफ्नो धारणा व्यक्त गर्नु भएको थियोे ।