२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

गायक चलाउनेको ‘झमझम झुम्काना’ तिज गित युट्युब ट्रेडिङमा

चर्चित गायक भागिरथि चलाउनेको ‘झमझम झुम्काना’ को तिज गित यति वेलामा चर्चामा रहेको छ । तीज आउन करिब डेढ महिना बाँकी रहेपनि बजारमा तीज गीतहरु धमाधम भित्रिन थालेका छन् । यस्तैमा गायक चलाउनेले ४ दिन अगाडि सार्वजनिक गरेको तीज गीत ‘झमझम झुम्काना’ युट्युब ट्रेडिङको शिर्ष स्थान ओगट्न सफल भएको छ । फरक स्वरका धनि गायक चलाउनेको गित प्राय चर्चित नै हुने गर्दछन् ।

सामाजिक सञ्जाल टिकटकमा समेत भाइरल भएको यो गीत भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर छ । बोमबहादुर गाहा मगरले शब्द रहेको गीतमा संगीत समेत गायक चलाउने कै रहेको छ ।

गीतको भिडियोमा गीता ढुंगाना र भागीरथको अभिनय देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशन रहेको भिडियो राजेश घिमिरेले छायांकन गरेका हुन्, भने सम्पादन बिष्णु शर्माको रहेको छ ।