२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

दाङको शान्तिनगरमा ८ वर्षिया बालिकामाथि बलात्कार

सांकेतिक तस्वीर ।

दाङको शान्तिनगरमा ८ वर्षिया बालिकामाथि बलात्कार भएको छ । शान्तिनगर गाउँपालिका वडा नं.५ निवासी ८ वर्षिया बालिका बलात्कृत भएकी हुन् । मंगलबार साझ ४/५ बजे तिर घरमा कोहि नभएको बेला बालिका माथि बलात्कार भएको स्थानीयले बताए । बालिका कराए पछि उनका भाइले देखेर छिमेकी र आमालाई बोलाएका थिए ।

बलात्कार आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरलेले सोही वडाका अन्दाजी २८ वर्षिय चमन विकलाई पक्राउ गरेको छ । विकलाई तुलसीपुर उपमहानगरपालिका – १८ बिजौरीस्थित आफन्तको घरमा लुकिछिपी बसीरहेको अवस्थामा बुधबार बिहान पक्राउ गरिएको हो । बिकले बालिकालाई उनको घरदेखि एक सय मिटर पर मकैबारीमा लगेर जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले बताएको छ । बालिकाको अवस्था भने सामान्य रहेको बताइएको छ ।