२०७९ असोज १२ गते बुधवार
२०७९ असोज १२ गते बुधवार

दाङको लहमीमा ट्रयाक्टरबाट खसेर एक जना किशोरको मृत्यु

दाङको लहमीमा ट्रयाक्टरबाट खसेर एक जना किशोरको मृत्यु भएको छ । बिहीबार विहान ६ बजे तिर लमही नगरपालिका–६ देउपुरमा लु ४ त ८१०६ नम्बरको ट्रयाक्टरबाट खसेर १५ वर्षीय सुशान चौधरी गम्भिर घाइते भएका थिए । ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टरसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।