२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

दंगीशरण गाउँपालिका : शिक्षाको गुणस्तरमा सुधार

प्रबेशिका परिक्षा २०७८ को बार्षिक नतिजा प्रकाशित सङ्गै बार्षिक नतिजाले दंगीशरण गाउँपालिकाको शिक्षाको गुणस्तरमा सुधार भएको बुझिएको छ । शिक्षाको गुणस्तर वृद्धिमा लागिपरेको गाउँपालिकाले क्रमस शिक्षामा सुधार ल्याइरहेको अहिलेको प्रबेशिका परिक्षाको नतिजाबाट देखिएको छ। २०७८ को प्रबेशिका परिक्षामा दंगीशरणका सामुदायिक विद्यालयबाट ३१७ जना छात्र छात्राहरु सहभागी थिए । जस अन्तर्गत ४ वटा सामुदायिक विद्यालय र २ वटा सस्थागत विद्यालयका गरि कुल ३१७ जना छात्र छात्रा सम्मीलित भयकाहुन ।जस अनुसार सामुदायिक तर्फ मावि मधपुरका ॠशिराज कुसारि ३.६ जिपिए प्राप्त गर्दै पालिका प्रथम भएकाछन भने ३.५ जिपिए प्राप्त गर्दै बिरेन्द्र माबि हेकुलिका रन्जिता चौधरि पालिका दितिय भएकाछन।

यस्तै सस्थागत विद्यालयतर्फ ३.७५ जिपिय प्राप्त गर्दै ज्ञानोदय इङलिस स्कुल सरुवा डाडाका शिशिर डाँगी र प्रकाश कुसारी पालिका प्रथम भएका छन भने ३.६५ जिपिए प्राप्त गर्दै ज्ञानोदय ईंग्लिश स्कुल सरुवाडाडाका गितान्जलि शाह र मनिष घर्ति पालिका द्वतिय भएकाछन। यस्तै ३.३६ जिपिए प्राप्त गर्दै सिद्वपृथ्वी जनता माबि श्रीगाउँका निरज देबकोटा विद्यालय प्रथम भएकाछन । गत बर्षको दगीशरणको सामुदायिक बिधालयहरुको नतिजा र यस बर्षको नतिजालाइ तुलनात्मक रुपमा हेर्ने हो भनेपनि यस बर्षको नतिजाले आफुहरु खुसि भएको बताउनुहुन्छ दंगीशरण शिक्षा शाखा प्रमुख बिनोद अधिकारि ।

यस्तै नब निर्बाचित गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफु पनि शिक्षा क्षेत्रबाट यहाँसम्म आइपुगेको स्मरण गर्दै शिक्षा क्षेत्रको बिकाश भएमात्र अरु क्षेत्रको बिकाश सम्भब हुने भएकाले पनि आफुले शिक्षा क्षेत्रलाइ बिशेष प्राथमिकतामा राखेको बताउनुभयो । दंगीशरण गाउँपालिकामा रहेका सस्थागत र सामुदायिक विद्यालयमा जम्मा ४८०० विद्यार्थी रहेकोमा जस अन्तर्गत सामुदायिक बिधालयमा ३४३८ विद्यार्थी अध्ययनरत छनभने सस्थागत विद्यालयतर्फ १३६६ विद्यार्थी अध्ययनरत रहेको शिक्षा शाखा दंगीशरणका प्रमुख बिनोद अधिकारिले जानकारि दिनुभयो । सभ्य र अनुशासित समाज निर्माणका लागि पनि शिक्षाको गुणस्तरमा वृद्धि हुनुपर्ने बताउनुभयो ।एस्तै सामुदायिक बिधालय प्रति अभिभावकको बिश्वास बढाउन शिक्षक अभिभावक विद्यार्थी र जनप्रतिनिधि बिच समन्वयकारि भुमिका हुनुपर्ने बताउनुभयो ।