२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्रक चालक गुल्मीदरबार निवासी अन्दाजी ३५ वर्षका रनबहदुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।

आइतबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर(१० मा सिमिचौरबाट तम्घासको देउरालीतर्फ आउँदै गरेकोलु १ख१८६६ नम्बरको ट्रक दुर्घटनामा परेको हो । ट्रक सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।