२०७९ असोज १२ गते बुधवार
२०७९ असोज १२ गते बुधवार

दाङमा वन मौरीको टोकाईबाट एक जनाको मृत्यु

दाङमा वन मौरीको टोकाईबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवाका ३५ वर्षिय खीमबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए।

शनिबार अपरान्ह ५ बजेको समयमा साथिहरुसंग घर नजिकैको जंगलमा मौरी काट्न रुख चढेका बेला मौरीले टोकेर गम्भीर घाइते भएका खीमबहादुरलाई उपचारका लागि लमही अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।