२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

अरिंगालको टोकाइबाट एक जनाको मृत्यु


रुकुम पश्चिममा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका-१ निवासी ४० वर्षीय सुवर्ण सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

३ दिनअगाडि अरिँगालले टोकेका सुनारको आइतबार उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको हो । साथीहरूसँग सल्यानको बाफुखोलामा अरिंगाल झार्न गएका सुनारलाई अरिंगालले टोकेको थियो ।

३ दिनसम्म स्थानीय निजी स्वास्थ्य संस्थामा उपचार गरेको र निको नभएपछि थप उपचारका लागि आइतबार नेपालगञ्ज लैजाँदै गर्दा सुनारको सल्यानको श्रीनगरमा मृत्यु भएको प्रहरीले बताएको छ । सुनारको शरीरमा अरिँगालले टोकेका ५३ वटा घाउ देखिएका छन् ।