२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

मानव अधिकार तथा शान्ति समाज दाङको सभापतिमा पोखरेल निर्वाचित

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको सभापतिमा नविन पोखरेल निर्वाचित भएका छन् । शनिबार तुलसीपुरमा भएको निर्वाचनबाट नेपाली काँग्रेस निकट पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन । पोखरेलले ३७ मत प्राप्त गरेका थिए भने उनका प्रतिष्पर्धी बिप्लव नेतृत्वको नेकपाकी निर्मला डिसीले ३० मत प्राप्त गरेकी थिइन । एक सय तीन कुल मतदाता मध्य ७३ मत खसेको थियो ।

सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास संभव नभएपछि सभापति र सचिव पदमा मात्रै निर्वाचन भएको थियो । सचिव पदमा पनि काँग्रेस निकटकै अमित शर्मा निर्वाचित भएका छन् । उनले ४२ मत प्राप्त गरेका थिए । उनकी प्रष्पिर्धी बिप्लव प्यानकै उषा गौतमले २४ मत प्राप्त गरेको निर्वाचन अधिकृत मोहन धितालले जानकारी दिए । त्यसैगरी उपसभापतिमा कोमल डिसी, सह–सचिवमा माधव बस्नेत र कोषाध्यक्षमा यज्ञ बिक निर्वाचित भएका छन् ।

सदस्यहरु

-तिलसरा पुन
-मधुसूदन गौतम
-उमा भण्डारी
-निर्मला पोख्रेल गौतम
-सन्दिपन रिजाल
-रजनी शाह
मनोनीत सदस्य २०७९ साउन २९ गते
– भिमलाल मरासिनी
-हेमेन्द्र खडका
-सुशिला चौधरी
-रन्जन गौतम