२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाङमा बसको ठक्करबाट मोटरसाइकल सवार श्रीमान र श्रीमती घाइते

दाङमा बसको ठक्करबाट मोटरसाइकल सवार श्रीमान र श्रीमती घाइते भएका छन् । लमहीबाट गोवरडिहा जादै गरेको भे १ ख २८७९ नम्बरको बसले गढवाबाट लमही आउदै गरेको रा ७ प ३९२३ नम्बरको मोटरसाइकललाई करिब पाँच बजे ठक्कर दिदा घाईते भएका हुन् । घाइते हुनेमा राप्ती गाउँपालिका–३ निवासी १९ बर्षिय गेहेन्द्र गुप्ता र उहाँकी १९ बर्षिया श्रीमती बिन्दु गुप्ता रहेको प्रहरीले जानकारी दिएकाे छ। घाइतेलाई उपचारका लागी बुटवल पठाइएको छ । बसलाई लमही प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरीले बताएको छ ।