२०७९ असोज ११ गते मङ्गलवार
२०७९ असोज ११ गते मङ्गलवार

आज साउन महिनाको अन्तिम सोमवार, शिवालयहरूमा दर्शनार्थीको भिड

फाइल तस्विर

आज साउन महिनाको अन्तिम सोमवार, दाङ लगायत देशभरका शिवालयहरूमा दर्शनार्थीको भिड लागेको छ । साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ ।

दाङको धारापानी शिवालय, त्रिसिद्धेश्वरी शिवालय तुलसीपुर, सितलपुर शिवालय, बबईको चिसापानी शिवालय लगायत जिल्लाका विभिन्न शिवालयहरुमा श्रद्धालुहरुको घुइँचो लागेको छ । साउन महिनाको हरेक सोमवार व्रत बसेका व्रतालुहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

साउनको सोमवारलाई भगवान शिवको प्रिय वार मानिने भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ तथा दान गर्छन् । साउनको सोमवार व्रत बस्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।

अघिल्ला दुई वर्ष कोरोनाका कारण अरु चाडपर्वमा जस्तै साउने सोमवारमा पनि पशुपति लगायत मन्दिरहरु बन्द थिए । यसवर्ष सबै ठाउँ खुला भए पनि कोरोनाको जोखिम कायमै भएकाले भिडभाडमा ख्याल गर्न र मास्क लगाउन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।