२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

नयाँ पाईला पुर्नस्थापना केन्द्रमा अभिमुखिकरण

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीमा रहेको नयाँ पाईला पुनस्थापना केन्द्रमा लागुपदार्थ दुव्र्यसनीको उपचारारतलाई अभिमुखिकरण गरिएको छ । कार्यकारी प्रमुख सुरेश भुषालको अध्यक्षता तथा सिसा नेपालका केन्द्रीय अध्यक्ष साजिदा सिद्धिकीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

केन्द्रले अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा लक्षित समुहका सदस्यहरुको जीवनपयोगी सिपमा आधारित कार्यक्रम अन्तर्गत आइतबार विभिन्न कारणले लागुऔषधको कुलतमा फसेर उपचार गराइरहेकाका लागि अभिमुखिकरण कार्यक्रम गरेको हो । त्यस अवसरमा सिसा नेपालका अध्यक्ष सिद्धिकीले लागुऔषधको प्रयोगबाट मुक्त भएर आफु , परिवार , समाज र राष्ट्रको उत्थानमा लाग्न युवाहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ दाङका प्रमुख बसन्त खनाल, युवा समाजसेवी सुदन खनाल, महिला नेतृ तथा नारायणपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष रेखा केसी र युवा नेतृ बिमला बोहराले सिप सिकेर आत्मनिर्भर बन्न युवालाई आग्रह गर्नुभयो ।