२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

दाङमा मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाईते

दाङमा मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाईते भएका छन । तुलसीपुर बाट घोराहि तर्फ जादै गरेको रा ७ प ६४७५ नंम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आईरहेको रा २ प ८४९४ नंम्बरको मोटरसाईकल घोराहि १० गोलौरा स्थित सोमबार बिहान दश बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घाईते हुनेमा मोटसाइकल चालक घोराही उपमहानगरपालिका १० गोलौरा बस्ने १७ बर्षिय सविन कुमाल र तुलसीपुर उपमहानगरपालिका ६ बस्ने ४४ बर्षिय रमेश कुमार घर्ती रहेको प्रहरीले बताएको छ । घाईते दुबै जनाको राप्ती स्वास्थय बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।