२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

वामदेव गौतम माओवादीको चिह्नबाट चुनाव लड्ने

नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन् । गौतमले माओवादीको चुनाव चिह्न सहज हुने देखेर उसकै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बताए । ‘हामीलाई माओवादीको चुनाव चिह्न सहज हुने देखियो,’ उनले भने । उनले पार्टी एकीकरण नभई चुनाव चिह्न मात्र लिएर निर्वाचनमा भाग लिन लागेको उनले बताए ।

यसअघि नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई पनि माओवादीको चिह्न लिएर निर्वाचनमा भाग लिने सहमति भइसकेको छ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पनि वामदेव गौतम र बाबुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लड्न दिने निर्णय पार्टीले गरिसकेको बताए ।
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा गठन हुँदा वामदेव गौतम प्रचण्ड खेमामा थिए । तर सर्वोच्च अदालतले पार्टी एकता भंग गरिदिएर पूर्ववत अवस्थामा फर्किंदा गौतमले भने दुवै दललाई एकतामा ल्याउन प्रयास जारी गर्ने भन्दै १४ माघ २०७७ मा नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेका थिए ।

दुई वा दुई भन्दा बढी दलले एउटै चुनाव चिह्नमा चुनाव लडेपछि परिणामले सबैभन्दा ठूलो दल जुन हुन्छ, उसैको संसदीय दल अन्तर्गत निर्वाचित जुन प्रतिनिधि रहन्छन् ।