२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

रोल्पामा अरिङगालको टोकाईबाट एक जनाको ज्यान गयो


रोल्पामा अरिङगालको टोकाईबाट एक जनाको ज्यान गएको छ । रोल्पा नगरपालिका–१० का ५४ वर्षीय जयबहादुर बुढा मगरको अरिङ्गालले टोकेर ज्यान गएको हो ।

हिजो बेलुका घर नजिकै जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले शरीरको विभिन्न भागमा टोक्दा उहाँ घाइते हुनुभएको थियो ।उहाँको रोल्पा अस्पताल रेउघामा उपचारका क्रममा गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।