२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दाङकी महिला र धादिङको पुरुष बुटवलको एक होटलमा मृत फेला

सांकेतिक तस्वीर ।

होटलमा संगै बास बसेका दाङकी एक महिला र पुरुष बुटवलको एक होटलमा मृत फेला परेका छन । मृत्यु हुनेमा दाङ सतबरीया घर भएकी ३३ वर्षीया पुष्पा बुढाथोकी र धादिङको कुम्पुर ५ घर भएका ३६ वर्षीय सीताराम भुजेल रहेको इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ ।

सोमबार साँझ बुटवलको फूलबारी चोकमा रहेको कारीकोट होटलमा दुबै जना संगै बास बसेका थिए । मंगलबार बुढाथोकी पलङमा लडिरहेको अवस्थामा फेला परेकी थिईन भने भुजेल झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनिहरु बसेको कोठाको तन्ना र तौलियामा रगत लागेको पाइएको छ । घटनाको प्रकृति हेर्दा महिलाको हत्यापछि पुरुषले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।