२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

बबई गाउँपालिका स्वास्थ्य शाखा प्रमुखमा हरी खड्का

दाङको बबई गाउँपालिका स्वास्थ्य शाखा प्रमुखमा हरी खड्का नियुक्त भएका छन् । हंसपुर स्वास्थ्य चौकीको प्रमुखमा कार्यरत खड्कालाई गाउँपालिका स्वास्थ्य शाखाको प्रमुखमा ल्याइएको हो । गाउँपालिकाको सुरुवाती समयमा स्वास्थ्य शाखा प्रमुख भई काम गरेका खड्कालाई हंसपुर स्वास्थ्य चौकीमा पठाएर हेमराज वलीलाई स्वास्थ्य शाखा प्रमुखमा नियुक्त गरिएको थियो । फेरी खड्कालाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । यसैगरी अन्य स्वास्थ्यकर्मीको पनि हेरफेर भएको छ । विना जानकारी स्वास्थ्यकर्मीको सरुवा र कार्यविभाजन भएको भन्दै केहि स्वास्थ्यकर्मीले विरोध समेत गरेका छन् ।