२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

सिमसुन्दरमा फुटवल प्रतियोगिता हुने


शान्तिनगर गाउँपालिका वडा नं.२ सिमसुन्दरमा मीन स्मृतिकप गाउँपालिका स्तरिय फुटवल प्रतियोगिता हुने भएको छ । वाघमारे युवा फुटवल क्लवको आयोजनामा खेलको विकाश र स्तरउन्नति का लागि खेल सञ्चालनहुन लागेको हो ।  यहि भाद्र २० गते देखि सञ्चालन हुने खेल ३ वटा पालिका दङ्गिशरण गाउँपालिका , बंबई गाउँपालिका र शान्तिनगर गाउँपालिका स्तरिय विच सञ्चालन हुने वताईएको छ । खेलमा प्रथम हुनेलाई रू ५० हजार प्रमाण पत्र र मेडल , दिर्तिय हुने लाई रू २० हजारको र प्रमाण पत्रको ब्यवस्था गरिएको छ । खेलमा भाग लिनको लागि ३ वटै गाउँपालिका को टिम लाई सहभागी हुन आयोजक टिम ले आग्रह समेत गरेको छ । टिम दर्ता शुल्क ८ हजार रहेको वताइएको छ ।