२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

शान्ति समाज सल्यानको सभापतिमा बिमला कुमारी डाँगी चयन

मानव अधिकार तथा शान्ति समाज सल्यानको सभापतिमा बिमला कुमारी डाँगी चयन भएका छन् । शनिबार सम्पन्न २३ औ साधारणसभाबाट सभापतिमा डाँगी सहित अन्य कार्यसमितिमा सर्वसम्मत चयन भएका हुन् । जसको उपसभापतिमा दल बहादुर खड्का, सचिबमा अंगेश्वर डाँगी, सहसचिवमा कमला केसी र कोषाध्यक्षमा भक्त बहादुर चन्द चयन भएका छन् ।
यसैगरी सदस्यमा दिल्ली प्रसाद जैसी, जयासिला गिरी, चक्रे दमाई, निर्मला योगी, टेकम प्रसाद अधिकारी, खिम बहादुर कवर, मुना हमाल, राम बहादुर खडका, नर बहादुर बिश्वकर्मा र सुधा आचार्यलाई चयन भएका छन् ।