२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

दाङ क्षेत्र नं.२ बाट पोखरेलेको नाम सर्वसम्मत सिफारिस

दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि एमालेले पार्टी महासचिव शंकर पोखरेलको नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिले पोखरेलेको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

पोखरेल २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यका लागि क्षेत्रनम्वर २ (क) बाट निर्वाचित भएका थिए । मुख्यमन्त्री बन्ने शर्तमा २०७४ को चुनाव प्रदेश सभामा लडेका उनी यसपाली भने प्रतिनिधि सभामा सिफारिस भएका हुन् । उनी लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री पनि हुन् ।