२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

अछाम पहिरो : १४ जनाको ज्यान गयो, १३ जना घाइते, ९ जना बेपत्ता,

अछाममा पहिरोमा परि १४ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । यसैगरी ९ जना बेपत्ता छन् । कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएको पहिरो गएको हो ।

घाइतेको उद्धारको काम भइरहेको जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो । घाइतेहरुको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । कमलबजार नगरपालिका वडा नम्बर– ६ मा पहिरोमा परि घाइते भएका ६ जनालाई उद्धार गरेर जिल्ला अस्पताल अछाममा उपचार थालिएको छ । गृहमन्त्री बालकृष्ण खाणले अछाममा पहिरो परि बेपत्ता, घाइते भएकाहरु तथा प्रभावितको उद्धारमा खटिन निर्देशन दिनुभएको छ । उहाँले आवश्यक ठाउँमा तत्काल हेलिकप्टर पठाउन पनि गृह प्रशासनलाई निर्देशन दिनुभएको छ ।