२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

सुनको भाउ तोलामा चार सयले घट्यो

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । आज सुन तोलाको ९१ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँ घटेको चाँदीको भाउ १ हजार १ सय ७५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।