२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

पत्रकार खड्कालाई प्रदेश रत्न पदक

लुम्बिनी प्रदेश सरकारले नेपाल प्रेस युनियन दाङका कार्यवाहक अध्यक्ष नारायण खड्कालाई प्रदेश रत्न पदक प्रथम प्रदान गर्ने घोषणा गरेको छ । आठौं संविधान दिवसका अवसरमा बुटवलमा सोमबार बिहान आयोजित एक समारोहका बीच पत्रकार खड्कालाई उक्त पदक दिने प्रदेश सरकारले घोषणा गरेको हो ।

खोज पत्रकारिता मार्फत जनतालाई सुशुचित गर्ने निरन्तरता प्रदान गरेको भन्दै पत्रकार खड्कालाई प्रदेश रत्न पदक प्रथम प्रदान गर्ने घोषणा गरिएको प्रदेश सरकारको निर्णयमा उल्लेख छ । पत्रकार खड्का बिगत २० बर्षदेखि पत्रकारितामा निरन्तर क्रियासिल रहँदै आएका छन् । संविधान दिवशको अवसरमा घोषणा गरिएको यो पदक प्रदेश स्थापना दिवसका अबसरमा प्रदान गरिने छ ।