२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

दंगिशरण १ को फुर्केसल्ली माेटरबाटो मर्मत हुदैं

दंगीशरण गाउँपालिका वडा न १ ले आफ्नो वडाको बजेट बाट वडा न १ को फुर्केसल्लि जोड्ने माेटरबाटोको मर्मत थालेको छ । नेपालिहरुको महान चाडपर्ब नजिकिदै गर्दा आफ्नो वडा तह भित्र लगातारको बर्षातले बिगारेका माेटर बाटाेहरुको मर्मत अभियान थालेको हो ।
चाड पर्ब मनाइरहदा आफ्नो वडाबासी राम्रो बाटो हिड्न पाउनुपर्छ भन्ने आफ्नो सोचाइ अनुरुप अत्यन्तै बिग्रिएका वडा न १ को फुर्केसल्लि जोड्ने बाटो ममर्मत अभियान थालेको वडा न १ का वडा अध्यक्ष रमेश भण्डारिले बताउनुभयो । मर्मत कार्य वडा न ६ वडा न ३ एसै गरि वडा न ७ लगाएतका ठाउँमा गरिसकेको छ । अहिले बाटो अत्यन्त बिगि्रएको ठाउँमा मर्मत गरिएको र केहि समय पछि सबै बाटोको स्तरोन्नति गरी सबै जनतालाइ यातायातको सहज पहुँच पुर्याउने आफ्नो लक्ष्य रहेको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो । दंगीशरण गाउँपालिकाको बिकट ठाउँको रूपमा चिनिने १ न वडाको फुर्केसल्लि जोड्ने बाटो हरेक साल बिग्रने र त्यहाँका नागरिकलाइ पालिका सम्मै आउन कठिन भएपछि आफुहरुले वडा न १ को फुर्केसल्ली देखि फुर्केसल्लि सम्मको बाटो मर्मत कार्य थालेको वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीले बताउनुभयो ।