२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

बबईमा गैंडा दिवसमा विविध प्रतियोगिता सम्पन्न

दाङको बबई गाउँपालिकामा गैंडा दिवसको अवसरमा विविध प्रतियोगिता सम्पन्न भएको छ । हामी संरक्षणका लागि काम गछौं संस्थाको आयोजनामा मा.वि. पदमपुर हापुरेमा हाजिरी जवाफ प्रतियोगिता, बतृत्वकला प्रतियोगिता, चित्रकला प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा बबई गाउँपालिका भित्रका विरेन्द्र मा.वि. खिलतपुर, मा.वि कौशिलापुर, मा.वि. चरकमटिया लगायतको विद्यालयको सहभागिता रहेको थियो । संस्थाका कोषाध्यक्ष नरेश के.सीको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण संदिप वलीले गर्नु भएको थियो । विभिन्न थरीका जिवजन्तु, चराचुरुङगी, वोटविरुवा लगायत वातावरण संघ सम्बन्धित सम्पूर्ण कुराहरुको संरक्षणमा सहयोग पु¥याउने उद्येश्यले कार्यक्रम गरिएको संथाका प्रेस सल्लाहकार घनश्याम घिमिरे जानकारी दिनुभयो ।