२०७९ मङ्सिर ९ गते शुक्रवार
२०७९ मङ्सिर ९ गते शुक्रवार

मलईमा खसी/बाख्रामा अज्ञात रोगको महामारी, ३५ बढि खसी/बाख्रा मरे

फाइल तस्वीर

दाङको बबई ७ मलईमा अज्ञात रोगको महामारीका कारण खसी/बाख्रा मर्न थालेका छन् । अज्ञात रोगको महामारीका कारण ३५ बढि खसी/बाख्रा मरिसकेका छन् । एकै घरको नन्दला डाँगीको १४ को बाख्रा मरेको र तिलक बस्नेत लगायत अन्यको गरी ३५ बढि खसी/बाख्रा मरेको खवर आएको वडा अध्यक्ष तिलकराम भण्डारीले जानकारी दिनुभयो ।

खसी/बाख्रालाई पखला लाग्ने, सिगान छार्ने लगायतको लक्षण देखा परेर मर्ने गरेका छन् । महामारीको रुपमा खसी/बाख्रामा रोग फैलिएकाले यसको नियन्त्रण पशु सेवा कार्यालयबाट प्राविधिक टोली पठाउने अध्यक्ष भण्डारीले बताउनुभयो । आज शनिवार सार्वजनिक विदा भएको र भोली तिर मलईमा पशु सेवाका प्राविधिक पठाउने उहाँले बताउनुभयो ।