२०७९ मङ्सिर ५ गते सोमवार
२०७९ मङ्सिर ५ गते सोमवार

बबई ७ मा असोज १३ गते देखि वडाध्यक्ष कप प्रतियोगिता हुने

दाङको बबई गाउँपालिका वडा नं. ७ चरकमटियामा असोज १३ गते देखि १५ गते सम्म वडा स्तरीय वडाध्यक्ष कप फुटबल/भलिबल प्रतियोगिता हुने भएको छ । ७ नं. वडा कार्यालयको आर्थिक सहयोग तथा खेलकुद परिचालन समितिको आयोजनामा नेपाली हिन्दु धर्मालम्बीहरुको महान चाड विजया दशमीको अवसरमा वडा स्तरीय फुटबल/भलिबल प्रतियोगिता हुन लागेको हो । खेलकुद विकास र विस्तारका लागि स्थानीय स्तरमा खेल तथा खेलाडि पहिचान र विकास गर्ने उद्येश्यका लागि संचालन हुन लागेको वडा स्तरिय वडाध्यक्ष कप फुटबल/भलिबल प्रतियोगता हुने भएकाले वडा भित्रका टोलबाट खेलमा सहभागि हुन आयोजक टिमले सबै खेलाडि टिमलाई अनुरोध गरेको छ । सम्पर्कका लागि खेलकुद परिचालन समितिका अध्यक्ष उमाकान्त भण्डारी ९८२३५६७४९० र सचिव आदेश के.सी. ९८२९८९८८६४ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।