२०७९ मङ्सिर ११ गते आइतवार
२०७९ मङ्सिर ११ गते आइतवार

दाङको खैरावाङ भगवती मन्दिर आजदेखि पूजा पाठ

दाङको खैरावाङ भगवती मन्दिर आज घटस्थापना देखि पूजा पाठ सुरु भएको छ । दाङको बबई ७ मठेउरीमा दैविय शक्ति उत्पन्न भई निर्माण भएको भगवति मन्दिरमा घटस्थापना देखि दशमीसम्म पूजा पाठ हुनेछ । मन्दिरमा पुजापाठका साथै सप्तसती पाठ, दैनिक नित्य पूजा आराधना पुस्पाञ्जली सहित बलि चढाउने मन्दिर व्यवस्थापन समितका अध्यक्ष टोप वहादुर चौधरीले जानकारी दिनुभयो । मुख्य कर्ताको रुपमा अम्मर चौधरी र पुजारी तथा मुख्य पुरोहितको रुपमा खैराबाङ भवानी सल्यानका लाल मोहर पुजारी दुर्गा पौडेल तथा सहायक पुरोहितको रुपमा देवेन्द्र पौडेल, शिवप्रसाद उपाध्याय रहेका छन् ।

यसैगरी भजन किर्तनका लागि भजनकर्ता नम वहादुर वली रहेका छन् । दाङमै खैरावाङ भगवती मन्दिर स्थापना भएपछि दाङमा भक्तजनलाई सहज हुने भएको छ । पुजापाठमा सहभागि भई पुण्य कमाउनका साथ प्रसाद ग्रहण गरिदिन मन्दिरका मुख्यकर्ता अम्मर चौधरीले सबैमा आग्रह गरेका छन् ।